काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ।
विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ। विद्यालयनजिकै कब्रस्तान हुँदा त्यहाँ हुने गतिविधिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।
विद्यालय चलिरहेका वेलासमेत अन्तिम संस्कारका लागि शव ल्याउने र श्मशानघाटका चिहान प्रस्ट देखिने भएकाले विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको छ।
तर, यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ। ०६३ अघि इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारअगाडि शव गाड्थे। यसले विद्यार्थी र शिक्षकलाई असहज भएपछि विद्यालयले आफ्नो जमिन दिएर उत्तरतर्फ श्मशानघाट सार्न अनुमति दिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।