खेलकुद

पीपीएल : धनगढी–पोखरा भिड्दै

पुस ७, २०७६

    काठमाडौं : पोखरा प्रिमियर लिग क्रिकेटमा आज एक्सपर्ट धनगढी र पोखरा पल्टन भिड्दैछन्। 

    बिहान साढे ११ बजे पोखरा रंगशालामा हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा मैदानमा उत्रिनेछन्। दुबै टोली प्लेअफको सम्भावना कायम राख्न राम्रो रनरेटसहित जीत निकाल्नुपर्ने बाध्यतामा छन्। दुबै टोलीले आफ्ना ४ मध्ये १ खेलमा मात्रै जित निकालेका छन्। ६ टोली सहभागी खेलमा धनगढी अन्तिम स्थानमा छ। 

    हिजोको खेलमा बुटवलसँग पराजित भएपछि धनगढीको प्लेअफ सम्भावना कमजोर भएको छ। चितवन लगातार ४ खेलमा जित निकाल्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने ३ खेल जितेको बुटवल ब्लास्टर्स ६ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै २ खेलमा जित निकालेको काठमाडौं गोल्डेन वारिअर्स ४ अंकसहित तेस्रो स्थानमा रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]