समाज

बसको ठक्करबाट छात्रा घाइते, चाबहिल क्षेत्र तनाबग्रस्त

पुस ७, २०७६

    काठमाडौं : काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएकी छिन्। चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई सोमबार विहान बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो। 

    बसको ठक्करबाट घाइते पन्तको ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ।

    पन्तलाई ठक्कर दिएर बस भागेपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन्। ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।  आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिन थालेपछि स्थितिलाई नियन्त्रण लिन अहिले पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]