समाज

संस्कृतको पाठ्यक्रम दुर्वोध्य, पढाई छाड्दै विद्यार्थी

पुस ७, २०७६

    दाङ : पाठ्यक्रम प्रभावकारी नहुँदा संस्कृत पढिरहेका विद्यार्थीहरुले उच्च तह अध्ययनमा धमाधम विषय फेर्न थालेका छन्। निकै पुरानो र जटिल पाठ्यक्रमका कारण कक्षा १० सम्म संस्कृत नै पढेका विद्यार्थीहरुले त्यसपछि संस्कृत भाषाको अध्ययन चटक्कै छाड्ने समस्या देखिएको हो। 

    दाङको तुलसीपुर–१८, विजौरीमा रहेको जनता संस्कृत माध्यामिक विद्यालयमा थारु विद्यार्थीको चाप बढी हुने गर्छ। कक्षा चारदेखि नै संस्कृत पढाउने यो विद्यालयमा ब्राह्मणभन्दा पनि जनजातिहरुको बाहुल्यता छ। उनीहरुको रुचि पनि मातृभाषामा भन्दा संस्कृत अध्ययनतर्फ बढी देखिन्छ। 

    तर पाठ्यक्रममा समस्या हुँदा १० कक्षा उत्तीर्ण भएपछि विद्यार्थीहरु अन्य विषयतर्फ लाग्ने गरेको प्रधानाध्यापक पदम बहादुर रावतले बताए। समयानुकूल पाठ्यक्रम संशोधन नभए विद्यार्थी संख्या ह्वात्तै घट्ने रावतको आंकलन छ। 

    सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र शोभा चौधरी आफुलाई मातृभाषा भन्दा पनि संस्कृत भाषा पढ्न रुची लाग्ने, तर नबुझिने पाठ्यक्रमका कारण अप्ठेरो परेको अनुभव सुनाउँछिन्। कक्षा १० को पाठ्यक्रम निकै जटिल र दुर्वोध्य भएका कारण यही विषयमा उच्चशिक्षा हासिल गर्ने जाँगर हराइरहेको विद्यार्थीहरुले बताएका छन्।

    अहिले सो विद्यालयले संस्कृत पढ्ने विद्यार्थीहरुलाई मासिक २५० रुपैयाँ छात्रवृत्ति समेत दिइरहेको छ। तर राज्यकोष खन्याएर पढाउन खोजेपनि पाठ्यक्रमकै कारण विद्यार्थीहरुले संस्कृत अध्ययन छाड्न थालेका हुन्। ११ र १२ कक्षामा ४० जना विद्यार्थी भर्ना भएपनि अध्ययनमा आकर्षण नहुँदा कक्षामा १०÷१५ जना विद्यार्थी मात्रै उपस्थित हुने गरेका छन्। 

    संस्कृत विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन नगरे यो विषयको अध्ययन नै रोकिन सक्ने तुलसीपुर उपमहानगरपालिका, शिक्षा समितिका संयोजक देवराज विश्वकमाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]