समाज : सुरक्षा/अपराध

कोटेश्वरबाट दुई टोलेगुण्डा पक्राउ

पुस ७, २०७६

    काठमाडौं : हातखुट्टा भाँच्ने धम्की दिई रकम असुल्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

    काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राईलाई प्रहरीले आइतबार बेलुकी कोटेश्वरबाट समातेको हो। 

    धिताल र राईले काठमाडौं उपत्यकामा व्यापारी र सर्वसाधारणलाई हातखुट्ट भाँची अङ्गभङ्ग गरिदिने धम्की दिँदै रकम असुल्ने गरेका थिए। सर्वसाधारणले गरेको गुनासोको आधारमा धिताल र देवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

    पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखि थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]