स्वास्थ्य

चिकित्सक संघ निर्वाचन : खराल समूहका आठ प्रतिबद्धता

पुस ७, २०७६

    काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए) मा लामो समयदेखि नेतृत्व प्रतिक्रियात्मक मात्रै भएको आरोप लगाउँदै गुमेको शाख फर्काउने दाबीसहित पेशागत समावेशी टिमले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल चिकित्सक नयाँ कार्यकालको लागि माघमा हुने चुनावको लागि अध्यक्ष पेशागत समावेशी टिमका उम्मेदवार डा. पुष्पमणि खराल नेतृत्वको पेशागत समावेशीसमूहले आफ्नो ८ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

    घोषणापत्र सार्वजनिक गर्दै डा. खरालले वर्तमान कार्य समितिका कारण चिकित्सकहरू विभाजित भएर विभिन्न समूह बन्ने अवस्था आएको हुँदा चिकित्सक संघको गौरवशाली इतिहास गुमेको बताए। संघको नेतृत्वकै कारण आम चिकित्सकबीच एकता खुकुलो बन्दै गएको र माउ संगठनप्रति वितृष्णा बढ्दै जाँदा देश तथा विदेशमा कार्यरत नेपालीचिकित्सकहरूको एक तिहाइ पनि संघमा आबद्ध हुन नसकेको उनको आरोप थियो।

    ‘सुरक्षित पेशा, खुसी चिकित्सक’ भन्‍ने मूलनारासहित सार्वजनिक गरिएको घोषणा पत्रमाआफूहरू नेतृत्वमा आएमा सबै योग्य चिकित्सकलाई एकीकृत गर्ने त्यसका लागि अनलाइन प्रविधिबाटै सदस्यता लिने तथा मतदान प्रक्रियामा भाग लिनसक्ने अवस्था बनाउने, चिकित्सकहरूलाई स्वत:स्फूर्त रूपमा संस्थाप्रति लगाव लगाउने वातावरण बनाउने, चिकित्सकहरूको हकहितका लागि प्राज्ञिक विकासतर्फ पहल गर्ने, चिकित्सकहरुको सेवा, सुरक्षालाई सुनिश्चितगर्न पहल गर्ने उल्लेख गरिएको छ।

    यस्तै, संघका सदस्यहरूलाई पनि कानुनी सल्लाहको उचित परामर्शका लागि पहल गर्ने, उपभोक्ताको हितका लागि सरोकारवालाहरूसँग नियमित अन्तक्रिया गर्ने, संघभित्र रहेको अराजकता र अकर्मण्य‍ता अन्त्य गर्दै सदस्यको हकहित र सुरक्षाका लागि पर्ने, चिकित्सकहरूको तलब तथा सेवा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पहल गर्ने, भोलिन्टियरका नाममा हुने श्रमशोषण अन्त्यगर्ने, मेडिकल काउन्सिलले प्रस्ताव गरेको सिपिडी कार्यक्रम सञ्चालन संघले नै सञ्चालन गर्ने र त्यसका लागि कम शुल्क वा निःशुल्क गराउन पहल गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ।

    ८ बुँदे उक्त प्रतिबद्धता पत्रमा सरकारी सेवामा मेडिकल  र डेन्टल चिकित्सकहरुको दरबन्दीथपगर्न पहल गर्ने, चिकित्सकको वृद्धि विकासमा बाधा नहुने गरी स्थानीयदेखि केन्द्रीय स्वास्थ्य संरचनासम्मका चिकित्सकहरूबीच सम्बन्ध हुने वैज्ञानिक चिकित्सक परिचालन प्रणालीका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ।

    डा. खराल नेतृत्वको सो समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रन्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सन्जितकुमार साह, सहसचिवमा डा. शैलेन्द झा र सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह प्रतिस्पर्धामा छन्। त्यसैगरी सदस्यहरूमा डा. दीपकप्रसाद कोइराला, डा. जगदीशचन्द्र विष्ट, डा. लिजनमहर्जन, डा. राकेशकुमार साह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झा सदस्य रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]