राजनीति

अभियानको नाममा गलत काम गर्नेमाथि कारबाही हुन्छ : मन्त्री गुरुङ

पुस ७, २०७६

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन हुन नदिन सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको बताएका छन्।

    मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए। 

    ‘मानव बेचबिखनको मुख्य कारण गरिवी हो,’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने, ‘मानव बेचबिखनलगायतका घटना हुन नदिन गरिवी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न म सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्दछु।’ 

    उनले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]