अर्थ

सिमेन्ट गुणस्तरको पुरानै मापदण्ड कार्यान्वयन गर्न लेखा समितिको निर्देशन

पुस ७, २०७६

    काठमाडौं :  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको गुणस्तरको मापदण्डमा पछिल्लो पटक नेपाल गुणस्तर परिषद्ले गरेको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएको छ। सोमबार बसेको लेखा समितिको बैठकले यसअघि २ भदौ २०५५ मा गरिएको निर्णयअनुसारको मापदण्ड कार्यान्वयन गर्नको लागि निर्देशन दिएको हो। 

    परिषद्ले गरेको पछिल्लो निर्णयबाट सिमेन्ट गुणस्तर खस्कने र संरचना कमजोर भएको भन्दै पुरानै मापदण्ड कायम गर्न निर्देशन दिएको  समिति सभापति भरतकुमार शाहाले बताए। परिषद्को ३ असार २०७६ मा बसेको बैठकले म्याग्नेसियम अक्साइड (एमजिओ) को मात्रा ६ प्रतिशतसम्म पुर्‍याउन सक्ने र  अघुलनशील पदार्थ (आइआर) को मात्रा ४ प्रतिशतसम्म पुर्‍याउन सक्ने निर्णय लिएको थियो।

    यस विषयमा लेखा समितिले रसायशास्त्री तथा सरकारकारी अधिकारीहरूसँग छलफल गरेपछि पुरानै मापदण्ड कार्यन्वयन गर्नको लागि आग्रह गरेको हो। जसअनुसार एमजिओ ५ प्रतिशतसम्म हुन सक्ने छ भने आइआर २ प्रतिशत हुनुपर्ने हुन्छ। एमजिओ र आइआर जति कम भयो सिमेन्ट गुस्तर त्यति राम्रो मानिन्छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]