राजनीति

सांसद राधेश्यामले भने : प्रधानमन्त्रीले नारायणहिटी संग्रहालयभित्रै होटल खोले हुन्छ

सरकार भ्रष्टाचार संस्थागत गर्न लागेको आरोप

पुस ७, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको जग्गा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको मिलेमतोमै हिनामिना गरिएको आरोप लगाएका छन्। 

    सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद अधिकारीले तत्कालीन राजसंस्थाको जग्गामा भएको यस्तो बदमासीमा प्रधानमन्त्रीकै संरक्षण रहेको आरोप लगाएका हुन्। 

    ‘नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा त प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा हिनामिना गरी व्यवसायीलाई दिइयो’, उनले भने, ‘अब त्यो मात्रै किन, नारायणहिटी संग्रहालयमै होटल खोले हुन्छ।’

    प्रधानमन्त्री ओलीले जनताको कुरा नसुनेको आरोप उनले लगाए। ‘सत्तामा बस्दा जनताले के भन्छन् प्रधानमन्त्रीलाई थाहा छैन होला?’, उनले सोधे, ‘नेपाल ट्रस्टको जग्गा हिनामिनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हात छ। सञ्चारमाध्यमले लगातार समाचार लेख्दा पनि सरकारले केही बोलेको छैन।’

    उनले सत्तारुढ दलकै सांसद खिमलाल भट्टराईले नेपाल ट्रष्टको जग्गा हिनामिनाको छानविन माग गरेको बताउँदै तर प्रधानमन्त्रीको कार्यालयले खण्डन नगरेको उल्लेख गरे।

    ‘नारायणहिटीमा व्यवसायिक प्रतिष्ठान मात्रै होइन। होटल नै खोले भइगो नि। बदनियतसाथ कानुन ल्याएर बदमासी गरिएको छ।’

    अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा पनि गम्भीर प्रश्न उठाए। ‘एउटा संस्था टंगालमा छ। नेपाल ट्रस्टको सम्पत्ति हिनामिना हुँदा त्यो अख्तियार नामको संस्था बोल्दैन’, उनले भने, ‘उसलाई थाहा छ, प्रधानमन्त्री नै मुछिएको भ्रष्टाचारमा बोल्दा अफ्ठ्यारो पर्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]