अर्थ

गोकर्ण रिसोर्ट र दरवारमार्गको जग्गाबारे लेखा समितिको चासो

पुस ७, २०७६

    काठमाडौं : यति समूहले लिएको दरवारर्मागको नेपाल ट्रष्टको जग्गा र गोकर्ण रिसोर्टमा सम्वन्धमा लेखा समितिले छलफल अघि बढाउने भएको छ। समितिले अबका बैठका यी विषयलाई प्राथमिकता दिन थालेको समिति सभापति भरतकुमार शाहले बताए। 

    सरकारले ६ वर्ष समय बाँकी रहेकै २५ वर्ष लिज अवधि थप गर्ने निर्णय गरेसँगै सार्वजनिक लेखा समितिले छानबिनमा चासो दिएको हो। समितिका एक सदस्यका अनुसार यस विषयमा समितले कागजपत्र मगाएर छलफल समेत अध्ययन गरेको छ।

    'गोकर्ण रिसोर्ट र दरवारमार्गको जग्गाको विषयमा समितलेले विशेष अध्ययन गरिरहेको छ', उनले भने, 'हामीले प्राप्त कागजजात मगाएर पछि अध्ययन गरिरहेका छौँ, यस्तो निर्णय किन गरियो हामीले निर्क्यौल गर्नेछौँ।'

    दुई साता अघि बसेको मन्त्रिपरिषद्ले गोकर्ण फरेष्ट रिसोर्टको समय २५ वर्ष थप्ने निर्णय गरेको थियो। निर्णय थपसँगै विरोध सुरु भएपछि सार्वजनिक लेखा समितिले कागजपत्र माग्ने निर्णय गरेको हो।

    सरकारले स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पाको लगानी रहेको यति होल्डिङसलाई नै ६ वर्षको समय अवधि बाँकी रहेको अवधिमा २५ वर्षको समय थप गर्ने निर्णय गरेको थियो। यस विषय लेखा समिति प्रवेश पाएको हो। 

    त्यस्तै समिति सदस्यहरूले उखु किसानको रकम भुक्तानी नभएकव विषयमा पनि छलफल राख्न माग गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]