खेलकुद

१० वर्षपछि घरेलु भूमिमा पाकिस्तानको पहिलो जित

पुस ७, २०७६

    काठमाडौं : पाकिस्तानले घरेलु भूमिमा १० वर्षपछि पहिलो टेस्ट जितेको छ। सोमबार कराचीमा भएको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गतको दोस्रो टेस्टमा श्रीलंकालाई २६३ रनले हराउँदै घरेलु भूमिमा कमव्याक गरेको हो। जितसँगै सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ। 

    पाँचौ दिनको विहान पाकिस्तानले १४ मिनेटको अवधिमा १६ बल फाल्दै श्रीलंकाको ३ विकेट सफल भएको थियो। श्रीलंकन टोली सबै विकेट गुमाउँदै २१२ रनमा समेटियो। पहिला व्याटिङ गर्दै पाकिस्तानले ३ विकेट गुमाउँदै ५५३ रन बनाएर पारी समाप्त गरेको थियो। उसका लागि प्लेयर अफ दि म्याच अविद अलीले सर्वाधिक १७४, साहन महसुदले १३५, कप्तान अजहर अली ११८ तथा वावर आजमले अविजिति १ सय र मोहम्मद रिजवानले २१ रन बनाएका थिए।

    श्रीलंकाका लहिरु कुमाराले २ विकेट र लसिथ इम्बुलडेनियाले १ विकेट लिएका थिए। श्रीलंकाका ओपनर ओसाडा फर्नान्डेज र मध्यक्रमका व्याटसमेन निरोशन डिकेनवालाबाहेक अरुले २० रनमाथीको स्कोर गर्न सकेनन्। ओसाडाले १०२ र डिकेनवालाले ६५ रनको योगदान दिएका थिए। 

    श्रीलंकालाई सस्तैमा समेटन युवा बलर नसिम शाहले १२ ओभर ४ बलमा ३१ रन खर्चदै ५ विकेट लिए। उनले ३ जना श्रीलंकन व्याटसमेनलाई खाता खोल्न नदिइ पेभोलियन फर्काए। 

    श्रीलंकाविरुद्धको ऐतिहासिक जितसँगै नसिम टेस्ट क्रिकेटमा ५ विकेट लिने दोश्रो युवा खेलाडी बने। उनले १६ वर्ष ३११ दिनको दिन इतिहास रचे। नसिम भन्दा अगाडि पाकिस्तानकै लेफ्ट आम स्पिनर नासिम उल घानीले १६ बर्ष ३०३ दिनका दिन केपटाउनमा सन १९५८ मा वेस्टइन्डिजविरुद्ध ११६ रन खर्चदै ५ विकेट लिएका थिए। 

    श्रीलंकको वसमा हमला भएको साल सन् २००९ मा नसिम ६ वर्षका थिए। त्यही हमलापछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट निलम्बन गरिएको थियो। पाहुना खेलाडीमा सुरक्षा चुनौती बढेपछि पाकिस्तानले त्यसपछिका सवै घरेलु खेलहरू तटस्थ भुमी संयुक्त अरब इमिरेट्समा खेल्दै आएको थियो।

    विगत चार बर्षमा सुरक्षामा सुधार गरिएपछि विभिन्न सीमित ओभर श्रृंखलाहरू संचालनका लागि अनुमति प्रदान गरिएको थियो। रावलपिन्डीमा भएको पहिलो टेस्टमा पाकिस्तानले टेस्ट क्रिकेटमा फिर्तीको संकेत गरेपनि मौसमको खराबीका कारण पूरा हुन सकेन।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]