अर्थ

शुक्लाफाँटा नगरपालिकाको राजस्व संकलनमा बृद्धि

पुस ७, २०७६

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राजस्व संकलनमा बृद्धि भएको छ।

    नगरपालिकाले आब २०७५/०७६ मा एक करोड ८५ लाख ४७ हजार चार सय  राजस्व संकलन गरेको छ।  जुन आर्थिक बर्ष ०७४÷७५ को तुलनामा १४ लाख ७७ हजार नौ सय चार ले बढी रहेको छ। नगरपालिकाले  आब २०७४/०७५ मा रु ९२ लाख ९३ हजार नौ सय ३६ रकम संकलन गरेको थियो।

    नगरपालिकाको आर्थिक प्रशासन शाखाका लेखापाल महेश जोशीका अनुसार आब २०७५/ ०७६ मा एकिकृत सम्पत्ति कर वाफत  ३८ लाख तीन हजार आठ सय ४८, घरवहाल कर बाफत तीन लाख ८४ हजार आठ सय ७८, वहालविटौरी कर बाफत १४ लाख ५४ हजार नौ सय ६९, सवारी साधन कर बाफत १३ हजार ७२ रकम संकलन भएको छ। 

    त्यसैगरी,रजिष्ट्रेशन दस्तुर बाफत पाँच लाख २२ हजार तीन सय ७०, सरकारी सम्पत्ति वहाल कर बाफत ८० हजार छ सय, अन्य बिक्रीबाट प्राप्त रकम कर वाफत १० लाख ५३ हजार तीन सय ३९, प्रशासनिक सेवा शुल्क बाफत रु चार लाख ३६ हजार दुई सय १२, नक्सापास दस्तुरबाट तीन लाख २७ हजार चार सय ६८, सिफारिस दस्तुरबाट १६ लाख ४६ हजार पाँच सय ४०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ६८ हजार पाँच सय, नाता प्रमाणित दस्तुरबाट २५ हजार तीन सय ५० रकम संकलन भएको छ। 

    अन्य दस्तुरबाट ३० लाख २१ हजार २८, प्रशासनिक दण्ड जरिवानाबाट पाँच हजार ७६ र अन्य राजश्व ५३ लाख ८३ हजार आठ सय ८३ संकलन भएको छ। चालु आबमा नगरपालिकाले एक करोड ९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। चालु आबको पहिलो चौमासिकको कात्तिक २२ लाख ७४ हजार तीनसय ८६ राजश्व संकलन भएको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले  नगरपालिकाले करको दायरा बढाउँदा राजश्व संकलनमा बृद्धि भएको बताए। उनले करको दर पुरानै रहे पनि करको दायरा बढाउँदा राजश्व संकलनमा बृद्धि भएको बताए।  

    प्रत्यक्ष जनतासँग लाग्ने करको दर घटाइइको छ। एकीकृत सम्पत्ति करको दर पनि चालु आबमा नगरपालिकाले घटाएको छ प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, 'करको दायरा भन्दा बाहिर रहेको क्षेत्र समेटिएकाले राजश्व संकलनमा  बृद्धि भएको छ।' 

    प्राकृतिक स्रोत उपयोग कर स्थानीय निकायमार्फत संकलन गर्ने र मालपोत कार्यालयमा नगरबासीले बुझाएको करको ६० प्रतिशत नगरपालिकामै फिर्ता आउने भएकाले पनि नगरपालिकाको राजश्व संकलन मा बृद्धि भएको उनको भनाई रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]