अर्थ

२३ कृषि समूहलाई नगरपालिकाको यान्त्रिक हलो

पुस ७, २०७६

    बागलुङ : कृषकलाई व्यवसायिक बनाउने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ।

    थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार नगरपालिकाले यान्त्रिक हलो वितरण गरेको हो। नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा नगरभरि ३२ वटा यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरिएको कृषि शाखाले जनाएको छ।

    नगरपालिकाले दशवटै वडामा ३२ वटा कृषकको समूह बनाएर यान्त्रिक हलो वितरण गरेको कृषि शाखाका कृषि प्राविधिक रविन्द्र शर्माले बताए। गत आर्थिक वर्षमा समेत नगरपालिकाले २३ वटा कृषि समूहलाई यान्त्रिक हलो वितरण गरेको थियो।

    गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्ति समेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ। डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको नगरपालिकाका उप-प्रमुख लिला रानाले बताए। ‘यस वर्ष ७ लाख रुपैयाँ अनुदान उपलव्ध गराएर हलो वितरण गरियो’ रानाले भने, ‘क्रमश सबै किसानलाई सहज हुने हिसावले यान्त्रीकरण गर्ने तयारीमा हामी छौं।’

    एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिनी यान्त्रिक हलोले २ घण्टामा जोत्न सकिन्छ। हलो पाएसँगै किसानले त्यसको प्रयोगको विषयमा जानकारी गराउन माग गरेका छन्। बेला बेलामा आउने यान्त्रिक समस्याका विषयमा समेत नगरले सहजीकरण गरिदिनुपर्ने उनीहरूको माग छ।

    कम तौल भएको यान्त्रिक हलो (मिनी पावर टिलर) प्रतिगोटा ४८ हजार रुपैयाँमा खरिद गरिएको उप प्रमुख रानाले बताए। अग्ला कान्ला र भिरालो जमिनमा समेत दुई तिन जनाले बोकेर हिडाउन सकिने भएकाले यान्त्रिक हलो (मिनी पावर टिलर) को माग उच्च रहेको छ।

    कृषिको यान्त्रिकरण अभियान चलाएको नगरपालिकाले किसानबाट मागेका प्रस्तावमा सबैभन्दा धेरै यान्त्रिक हलो (मिनी पावर टिलर) को माग आउने गरेको  कृषि प्राविधिक शर्मा बताउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]