समाज

लिखु र खिजीदेम्वामा दुईजनाको शव फेला

पुस ७, २०७६

    ओखलढुंगा : ओखलढुंगा र रामेछापको सिमाना भएर बग्ने लिखु नदी किनारामा एक व्यक्ति मृत फेला परेका छन्। मृत अवस्थामा फेला परेका व्यक्ति रामेछाप उमाकुण्ड गाउँपालिका ४ का ललिबहादुर खुलाल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    मंसिर १८ गते आफ्नै घरबाट हराई बेपत्ता भएका खुलाललाई आफन्तले खोजतलास गर्ने क्रममा सोमबार बिहान ८ बजे ओखलढुंगाको खिजिदेम्बा भित्ता खर्कस्थित लिखुको किनारमा मृत अवस्थामा फेला पारेका थिए। त्यस्तै गरी खिजिदेम्बा गाउँपालिका ४ खिजिकातीमा आइतबार एकजना युवक मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान ८ बजे खिजिदेम्बा गाउँपालिका ३ बस्ने २ वर्षीय राजु सुनुवार मृत अवस्थामा फेला परेका हुन्। 

    सुनुवारलाई मृत अवस्थामा देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खिजी फलाटेबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरेको इलाका प्रहरी कार्यालय खिजीफलाटेलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    दुबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]