काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
संघीयता खतरामा परेको गुनासो
भक्तपुर : नेपाली कांग्रेस संघीय संसदका सचेतक पुष्पा भुसालले दुइतिहाईको सरकार सीमाको बिषयमा मौन रहनु रस्यमय भएको बताएकी छन्।
रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सीमा भारतले मिचेको बिषयमा यति लामो समयसम्म पनि मौन रहनु र क्याबिनेटबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताएकी हुन्।
उनले सरकारले केवल सिंहदरबारलाई मात्रै मजबुत बनाउने खेलमा लागेका कारण संघीयता खतारमा परेको आरोप लगाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरवारको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगको बताइन्।
‘वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा कौडीको मूल्यमा उपलब्ध गराउँदै छ’, उनले भनिन्, ‘यसले पनि सरकार कति भ्रष्टाचारमा डुबेको छ, यसले झनै प्रष्टाएको छ।’
भुसालले कम्युनिष्ट सरकार कानुनभन्दा माथि जान खोजेर भ्रष्टाचार, हिंसा र हत्यालाई प्रशय दिएको आरोप लगाइन्।
वर्तमान सरकारले अनुसन्धान विभागको विशेष सेवा गठन ऐन संशोधन गर्न संसदमा प्रवेश गराएको र अनुसन्धान विभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर व्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उलंघन गर्न खोजेको आरोप लगाइन्।
नेपाली कांग्रेसले अब गुट-उपगुटको राजनीतिलाई चिर्दै सभापतिले विचारको राजनीतिलाई अग्रसरता दिने उनले बताइन्।
उनले नेपालको विदेश नीति सत्तामा बस्न र निजी स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै विदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।