काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
पुन: ३ दिन म्याद थप
इटहरी : बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले अन्तिम ३ दिनको म्याद थप गरेको छ। थप अनुसन्धानको लागि भन्दै अदालतले पाँचौं तथा अन्तिम पटक ३ दिनको म्याद थप गरेको हो।
अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ। प्रहरीले यसअघि थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुन: म्याद थप गरिएको थियो।
गिरीलाई ३ नं इजलासका न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन्। गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो। म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काइएको छ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो। पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।