काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
काठमाडौं : काठमाडौँको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगाबाट चार केजी २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका ५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।