समाज

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

पुस ८, २०७६

    काठमाडौं : समाजसेवी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन्।

    गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन्।  पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन्। गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ । २०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन्। 

    गोलकास्टले दशकको प्रेरणादायी व्यक्तिको सूचीको १७ औं नम्बरमा सुर्खेतमा बालगृह सञ्चालन गर्ने म्यागी डोयन पनि परेकी छन्। उनले पनि सीएनन हिरोको अवार्ड जितेकी थिइन्।

    यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]