समाज

दाउरा नपाउने गाउँमा नगरपालिकाले दियो ग्यास चुलो

पुस ८, २०७६

    मुगु : छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ५७ घर परिवारलाई ग्यास चुलो वितरण गरेको छ।

    गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत वडा नम्बर १३ को लापुका २५ र र लहगाउँका ३२  घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो। दाउराको साह्रै समस्या हुने उक्त गाउँको एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए। ग्यास चुलो खरिदका लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ।

    अन्नभन्दा दाउराको चिन्ताले सधै पिरोलिने लापु र  लहगाउँका नागरिक ग्यास चुलो पाएपछि खुसी भएका छन्। ‘दाउराको समस्या थियो, दाउराको खोजी गर्दै दिन बित्ने, बालबच्चाको बिचल्ली हुन्थ्यो,’ लापु गाउँकी पाल्ती बिकले भनिन्, ‘त्यो समस्याबाट यहाँका महिलाले मुक्ति पायौं।’

    ‘आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेका थियौं,’ गोरा बिकले भने, ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता थियो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]