समाज : सुरक्षा/अपराध

स्कूलमा बच्चा पुर्‍याउन हिँडेका अर्जुनलाई ट्रकले किच्यो

फरार चालक खोज्दै प्रहरी

प्रतीकात्मक तस्विर
पुस ८, २०७६

    काठमाडौं : चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्दै आएका ४१ वर्षीय अर्जुन बहादुर केसीलाई ट्रकले किच्दा ज्यान गएको छ। 

    छोरालाई मोटरसाइकलको पछाडि राखेर कलंकीस्थित विद्यालय पुर्‍याउन हिँडेका अर्जुनलाई मंगलबार बिहान गुर्जुधारामा नम्बर नखुलेको ट्रकले किचेको हो। प्रदेश ३ ०२ ००९ प ७६२१ नम्बरको मोटरसाइकलमा बसेका उनका छोरा भने सकुशल रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ। 

    दुर्घटनापछि स्थानीयले मृतकको शव उठाउन नदिएकाले केहीबेर सडक अवरुद्ध भएको थियो। अहिले शव उठाएको र यातायात सूचारु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    दुर्घटना गराएर ट्रकसहित फरार चालकलाई प्रहरीले खोजिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]