समाज

पर्साका दुई घरमा आगलागी

पुस ८, २०७६

    पर्सा : पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी हुँदा लाखौैंको क्षति भएको छ।

    छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय पोखरियाका विनोद रानाले जानकारी दिए। कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल र केही मोटरसाइकल जलेर नष्ट भएको छ। दुवै ठाउँको आगलागीमा झण्डै दश लाख रुपैयाँको क्षति भएको अनुमान छ।

    हरिहरपुर बिर्ताका गोढको घरमा खाना पकाउने चुलोबाट बिहान आगलागी भएको र कोइरीको घरमा आगलागी हुनको कारण खुल्न सकेको छैन। कोइरीको घरको आगलागीमा हुँदा ना ६२ प ६२५३ नम्बरको मोटरसाइकल र बीआर २२ के ९५३२ भारतीय नम्बरको मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। 

    आगोलाई पोखरिया नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]