राजनीति

सरकारबाट बाहिरिँदै उपेन्द्र यादव, राजीनामा तयारी

सरकारलाई दिएको समर्थन भोलि फिर्ता लिने

पुस ८, २०७६

    काठमाडौं : उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादवले मंगलबारै राजीनामा दिने तयारी गरेका छन्। 

    उपेन्द्र नेतृत्वको समाजवादी पार्टी स्रोतका अनुसार सरकारमा रहेका दुई मन्त्री उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिन लागेका हुन्। 

    समाजवादी पार्टी स्रोतका अनुसार दुवै मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएपछि बुधबार बस्ने पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने भएको छ। 

    संविधान संशोधन नहुने अवस्थामा सरकार छाड्न पार्टीभित्रैबाट दबाबमा परेका यादव अन्तत: सरकार छाड्ने निर्णयमा पुगेका हुन्। मंगलबार पार्टी मुख्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकमा पुगेका यादवले बुधबार महत्वपूर्ण निर्णय हुने बताएका थिए।

    बुधबार ११ बजे अध्यक्ष यादवले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। पदाधिकारी बैठकलगत्तै २ बजे पार्टी संसदीय दलको कार्यालयमा यादवले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]