राजनीति

पूर्व-महान्यायधिवक्ता निराला न्यायपरिषदमा सिफारिस

पुस ८, २०७६

    काठमाडौं : सरकारले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व-महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी माग गरेको छ।

    संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले १० दिनभित्र निरालाविरुद्ध समितिमा उजुरी दिन माग गरेको हो। समितिका सभापति सक्षमणलाल कर्णले बुधबारदेखि १० दिनभित्र उजुरी दिन सकिने बताए। समितिमा प्राप्त भएका उजुरीमाथि छलफल गरी सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तिका लागि योग्य हुने उनले बताए।

    न्याय परिषद सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो। सोही ठाउँमा सोमबारको मन्त्रिपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो। निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]