समाज

शिक्षकको माग गर्दै पर्वतको नेपालतारा माविमा तालाबन्दी

पुस ८, २०७६

    पर्वत : चार महिनादेखि अंग्रेजी विषयको पठन पाठन नभएको भन्दै पर्वतको बिहादी गाउँपालिका ३ मा रहेको नेपालतारा माध्यमिक विद्यालयमा विद्यार्थीले सोमबारदेखि तालाबन्दी गरेका छन्। 

    विद्यालयमा कार्यरत अंग्रेजी शिक्षक राजेन्द्रप्रसाद पौडेल स्थायी शिक्षकको रूपमा नियुक्ति लिएर भक्तपुर गएपछि कक्षा ११ र १२ मा अंग्रेजी विषयको पठनपाठन रोकिँदा पनि शिक्षकको व्यवस्थापन गर्न नसकेको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेको विद्यार्थी विपिन कुँवरले बताए। सोमबार प्रशासन कार्यालयमा लगाइएको ताला मंगलाबार मध्यान्हसम्म पनि खुलेको छैन।

    यद्यपि ताला खुलाएर अंग्रेजी बाहेकका अन्य विषयको पठनपाठन सञ्चालन गर्नको लागि विद्यार्थी र विद्यालय प्रशासनको बीचमा कुराकानी भइरहेको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पराजुलीले जानकारी दिए। ‘लगभग दसैँ पछाडि कक्षा ११ र १२ मा अंग्रेजी विषयको पठन पाठन भएको छैन। राजेन्द्र सर भक्तपुर जानु भएपछि पढाई रोकिएको छ’ उनले भने, ‘प्रशासनमा तालाबन्दी भएको भए पनि कक्षा १ देखि १० सम्मको पठनपाठन भने चलिरहेको छ। शिक्षकहरू बाहिर नै बसेका छौँ।’

    विद्यार्थीले भने आफूहरूको भविष्यमाथि नै खेलबाड गर्ने काम भएकोले शिक्षकको व्यवस्थापन नभएसम्म ताला नखोल्ने बताएका छन्। विद्यालयमा प्रशासनले ताला खुलाएर पढाई सुचारु गराउन पहल गरिरहेको भए पनि विद्यार्थी भने आप्mनो अडानमा यथावत् रहेका छन्।  

    यस कारण पाएन विद्यालयले शिक्षक

    प्रधानाध्यापक पराजुलीले विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाएकै कारण नयाँ शिक्षकको नियुक्ति गर्ने प्रक्रिया नै रोकिएकोले विद्यालयमा समस्या भएको बताए। नयाँ समिति निर्माण गर्नको लागि ४ जना सदस्यहरूको चयन भएको भए पनि अध्यक्ष र मनोनीत गरिने सदस्यहरूको टुंगो लागेको छैन।

    समितिलाई पूर्णता दिन लामो समयदेखि प्रयास हुँदै आए पनि सहमति जुट्न नसकेको उनको भनाई छ। ‘चार जना सदस्यहरूको मात्र टुंगो लागेको छ। अध्यक्ष र मनोनित सदस्यहरूको टुंगो नलागेका कारण विद्यालय व्यवस्थापन समिति नरहेको अवस्था छ।’

    प्रधानाध्यापक पराजुलीले भने, ‘समितिले पूर्णता नपाएसम्म नयाँ शिक्षक नियुक्त गर्न मिल्दैन।’ उनका अनुसार खाली रहेको पदमा शिक्षक नियुक्त गर्नका लागि विज्ञापन गरेर दुई जना उम्मेदवारको आवेदन समेत परेको छ। तर समितिकै समस्याका कारण उनीहरूको परीक्षा लिन नपाउँदा नियुक्तिको विषय नै अलमलमा परेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]