समाज

डोजर प्रकरण : महिला हुत्याउने चालक थुनामुक्त

फाइल फोटो
पुस ८, २०७६

    बैतडी : डोजरले महिला हुत्याउने डोजर चालक किशोर बोहरा थुनामुक्त भएका छन्।

    बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा गत कात्तिक ४ गते सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएको थियो। ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसिर १ गते कारागार चलान गरेको थियो। जिल्लाको अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई थुनामुक्त गरी धरौटीमा रिहा गरी अनुसन्धान गर्न आदेश दिएको छ।

    उच्च अदालतको पौष ३ गतेको आदेशअनुसार बोहरालाई ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए। बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र सो मुद्दाको टुंगो नलागेकाले उच्च अदालतको आदेशअनुसार धरौटीमा रिहा गरिएको उनले बताए।

    यसअघि डोजर चलाउन उक्साउने आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर मालिका भानीदत्त जोशी पनि जनही ५० हजार धरौटी बुझाएर रिहा भएका थिए। सडक खन्ने क्रममा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएपछि सो घटनाको सर्वत्र आलोचना गरिएको थियो।

    डोजरकाण्ड पछि अहिले सो क्षेत्रमा सडक निर्माण कार्य भने पूर्णरूपमा रोकिएको छ। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने दुवै पक्षबीच विवाद हुँदा झडपको स्थिति आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]