राजनीति

दलहरूको सहमति कुर्दा राजधानी र नामाकरणमा ढिलाइ : मुख्यमन्त्री पौडेल

पुस ८, २०७६

    हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै दलको सहमति कुर्दा राजधानी र नामाकरणको विषय केही ढिला हुन पुगेको बताए। 

    मंगलबार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको टोली सँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका टोलीले सोधेको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको बताउँदै उनले अब औपचारिकता मात्रै बाँकी रहेको बताए।

    गण्डकी प्रदेशका सांसद तथा विपक्ष दलको तर्फबाट आएको जिज्ञासामा  मुख्यमन्त्री पौडेले आफू परिपक्व निर्णयका लागि प्रतीक्षा गर्दा ढिलाई देखिएको बताए। उनले भने,' यो कुनै व्यक्तिगत स्वार्थको लागि भन्दा पनि पुस्तौं सम्मको लागि गरिने निर्णय हो। बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउनु भन्दा पनि  सबैको सहमतिमा टुंगो लगाउँछौं।' उनले आफू  उपत्यका बाहिर राजधानी हुनु पर्ने कुरा अडिग रहेको भन्दै अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानीको र नामाकरण हुने बताए।  उनले नयाँ व्यवस्था भएपनि काम गर्ने शैली पुरानै भएको बताउँदै उनले समृद्धि प्राप्त गर्न नयाँ ढंगले अगाडि बढ्न नसकेको बताए।

    मुख्यमन्त्री पौडेलले परिवर्तन साथ दिँदै विकासको परिणाम समाजवाद उन्मुख हुनु पर्ने बताए। समाजवाद प्राप्तीको लागि योजना छनौट गर्ने प्रणालीको विकास गरेको जानकारी दिँदै योजनाहरू "योजना बैंक' बाट मात्रै छान्ने प्रणाली विकास गर्दै पहुँचको आधारमा फाइल बोक्ने प्रवृत्ति हटाउने बताए।

    जनताको अपेक्षा धेरै भएको भन्दै उनले संरचना नै अपेक्षा अनुसार पुरा गर्न नसक्ने स्थितिमा रहेको बताए। उनले संक्रमण कालमै प्रदेशको संरचना हिँडिरहेता पनि परिणाम निराशाजनक नभएको बताए। 

    आफ्नै पूर्वाधार कम्पनी 

    गण्डकी प्रदेशका सभामुखसहित, प्रमुख प्रतिपक्ष दलका नेता, संसदीय समितिका सभापति तथा कार्यव्यवस्था समितिका सदस्यलाई प्रदेश ३ ले गरेको कामको बारेमा जानकारी दिँदै मुख्यमन्त्री पौडेलले प्रदेशले आफ्नै पूर्वाधार कम्पनी, विद्युतीय बस सञ्चालन गर्ने योजना अगाडि सारेको बताएका छन्।

    सुरुङ मार्ग प्रदेशको गौरवको योजना रहेको भन्दै कृषिलाई पहिलो प्राथमिकता दिएर सामुहिक खेतीमा जोड दिएको बताएका थिए। प्रदेश सरकारले एक विद्याललय नर्स सबैभन्दा प्रभावकारी कार्यक्रम भएको बताए। उनले प्रदेश भरिका सबै विद्यालयमा ५ वर्ष भित्र नर्स हुने समेत जानकारी दिएका छन्। 

    गण्डकी प्रदेशको टोलीले प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठसँग समेत संसदीय विषयमा अन्तरक्रिया समेत गरेको छ। छलफलमा  सभामुख नेत्रनाथ अधिकारी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]