राजनीति

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

फाइल
पुस ८, २०७६

    काठमाडाैं :  उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका  छन्। यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ राजीनामा पत्र बुझाएकाे समाजवादी पार्टीले जनाएकाे छ।

    समाजवादीले सरकारमा जाँदा  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान स‌ंसाेधनसहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन्।  

    सोमबार मन्त्रिपरिषदकाे बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन्। संसाेधन प्रस्ताव पेस हुन नपाएपछि यादवले राजीनामा बुझाएका हुन्। 

    सरकारमै रहेर सरकारकाे कार्यशैलीबारे असन्तुष्ट रहेकाे समाजवादी पार्टीमा सरकार छाेड्ने या नछाेड्ने विषयमा लामाे समयदेखि विवाद हुँदै आइरहेकाे थियाे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]