समाज

पर्यटन वर्षमा सम्पदा मार्ग काठमाडौं महानगरको प्रचार प्राथमिकता

पुस ८, २०७६

    काठमाडौं : पर्यटन वर्ष २०२० लाई लक्षित गरी काठमाडौं महानगरपालिकाभित्र भएको ऐतिहासिक सम्पदालाई महत्वका साथ प्रचारप्रसार गर्ने भएको छ। वसन्तपुर हनुमानढोका, स्वयम्भू, पशुपतिनाथ र बौद्बलाई पर्यटन वर्षमा व्यापक प्रचारप्रसार धार्मिक पर्यटक भित्र्याउने योजनासहित काम गरिरहेको महानगरले जनाएको छ।

    वसन्तपुर हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई व्यापक प्रचार गरि सञ्चालनमा ल्याउने काठमाडौं महानगरपालिकाका संस्कृति तथा पर्यटन विभागका प्रमुखका राम थापाले बताए। उनका अनुसार सम्पदा मार्गको पहिले उद्घाटन भए पनि सञ्चालनमा आएको छैन। पर्यटन वर्ष २०२० देखि प्रभावकारी रूपमा सम्पदा मार्गलाई सञ्चालनमा ल्याउने भएको हो। केही दिनको लागि विदेशी पर्यटकलाई सम्पदा प्रवेश छुट दिनलाई महानगरले सल्लाह गरिरहेको छ।

    महानगरपालिकाले पर्यटन वर्षलाई  लक्षित गरी ५ करोड रकम छुटयाएको थापाले जानकारी दिए। महानगरपालिका भित्र रहेका प्रत्येक विश्व सम्पदा क्षेत्रमा खर्च गरिने उनको भनाइ छ। उनले भने, 'पुनर्निर्माण गर्नुपर्ने भए गरिन्छ। सफाइ रङ्गरोगन र त्यहाँ बती जडान पनि गरिन्छ।'

    महानगरपालिकाभित्र रहेका विभिन्न जातजातिका संस्कृति झल्कने खालका नाच सम्पदास्थलमा दैनिकजसो प्रदर्शन गरिने उनले बताए। उनले भने, 'विश्व सम्पदाभित्र नै सांस्कृतिक कार्यक्रम गरेर देखाइन्छ। स्थानीय खानाका परिकारहरुको स्टल पनि राखिन्छ।' महानगरपालिकाले स्थानीय कल्ब र संघ संस्थालाई पत्र काटेर पर्यटन वर्ष व्यापक रूपमा मनाउनको लागि आव्हान गरिसकेको उनले बताए।

    प्रत्येक सम्पदामा स्मार्ट शौचालय राखिने थाापाले बताए। रत्नपार्कको शौचालयलाई सफा गरेर त्यस क्षेत्रमा शौचालय थप्ने तयारी गरिरहेको उनको भनाइ छ। 'महानगरपालिकाभित्र मुख्य मुख्य चोकमा शौचालय नभएको गुनासो आएपछि थप शौचालय निर्माण गर्न लागिएको हो,' उनले भने।

    त्यसैगरी, महानगरले ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि स्वयम्भु जाऔं नेपाल भ्रमण वर्ष मनाऔं’ भन्ने मुल नाराका साथ योजनाअगाडि सारेर स्वयम्भू महोत्सव मनाउन लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

    २०७६ पुष १६ गते देखि २२ गतेसम्म संचालन हुने सांस्कृतिक कार्यक्रम उद्घाटनको दिन सबै जातजातिले आ-आफ्नो संस्कृति झल्काउने, दोस्रो दिन प्रहरी सशस्त्र कल्याण कार्यक्रम गर्ने, तेस्रो दिन लोकदोहोरी कार्यक्रम गर्ने, शनिबारको दिन विद्यालयको विद्यार्थीले कार्यक्रम गर्ने, छैटौँ दिन सेनाको कार्यक्रम गरी सातौँ दिन सबै समुदायको सहभागीतामा एकै कार्यक्रम गरी समापन गर्ने उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]