विश्व

बोइङले हटायो सिइओ मिलेनबर्गलाई

पुस ८, २०७६

    अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो प्रमुख कार्यकारी अधिकृत(सिइओ) डेनिस मिलेनबर्गलाई पदबाट हटाएको छ। कम्पनीका शेयर होल्डरसमेत रहेका चेयरम्यान डेविड कलहानले आगामी १३ जनावरीबाट कम्पनीको मुख्य कारकारी अधिकृतको पद समाल्ने छन्।

    कम्पनीका बोर्ड अफ डायरेक्टरहरूले आफ्नो निर्णय सुनाउँदै, 'यो आत्मविश्वास पुनर्आर्जन गर्ने महत्त्वपूर्ण कदम' भनेका छन्। अघिल्लो वर्ष मार्च र यसै वर्षको मेमागरि बोइङका दुईवटा विमान दुर्घटनामा परेका थिए। यो निर्णयलाई यी दुई दुर्घटनाको प्रमुख कारण मानिएको छ।

    अत्याधिक बिक्री हुने गरेको बोइङको ७३६ म्याक्स मोडेलका दुई विमान दुर्घटनापछि कम्पनी र प्रमुख कार्यकारी अधिकृत डेनिसले दबाब झेल्दै आएका थिए। इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलको दुई जहाज दुर्घटनामा ३४६ जनाको ज्यान गएको थियो। नयाँ फिचरमा समस्या देखिएका कारण भएका दुर्घटना भएको बताइएको थियो।

    ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुन: डिजाइन गर्ने बताउँदै आएको थियो। यद्यपि गत हप्ता बोइङले ७३७ म्याक्स एअरलाइनरको निर्माण आउँदो जनावरीबाट स्थगन गर्ने बताएको छ।

    दुर्घटनामा परी मारिकाका परिवारले बोइङकव पछिल्लो निर्णयलाई स्वागत योग्य भनेका छन्। तर, नयाँ सिइओप्रति भने शंका व्यक्त गरेका बिबिसीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]