राजनीति

राजदूत पुरी बिदाइ भेटमा व्यस्त : प्रधानमन्त्री ओलीले दिए करुवा उपहार

पुस ८, २०७६

    काठमाडौं : नेपालका लागि भारतीय राजदूत मञ्‍जीभ सिंह पुरीले प्रधानमन्त्री केपी ओलीसँग बिदाइ भेट गरेका छन्। आफ्नो ३ वर्षे कार्यकाल सकिएपछि भारत फर्कने तयारीमा रहेका पुरीले मंगलबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका हुन्।

    आफ्नी श्रीमतीसँगै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका पुरीलाई ओलीले करुवा उपहार दिएर बिदाइ गरेका छन्। राजदूत पुरीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए।

    त्यस्तै केही दिनअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र राजपा नेताहरुसँग पनि राजदूत पुरीले बिदाइ भेटघाट गरिसकेका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]