खेलकुद

बार्सिलोना लगातार दोस्रोपटक बन्यो सबैभन्दा बढी तलब दिने टिम

पुस ८, २०७६

    स्पेनिस जाइन्ट बार्सिलोना सबैभन्दा बढी तलब भुक्तान गर्ने टोली बनेको छ। स्र्पोटिङ इन्टेलिजेन्स नाम बेवसाइटले गरेको सन् २०१९ को ‘ग्लोबल स्र्पोटस सेलरी सर्भे’ अनुसार बार्साले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पार्दै दोश्रो पटक सबैभन्दा बढी खेलाडी र अफिसियलका लागि खर्च गर्ने टोली बनेको हो।

    अघिल्लो संस्करणमा समेत बार्साले म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा रहेको थियो। १०औँ संस्करणको सर्वेक्षणअनुसार बार्सिलोनाले प्रतिसदस्य औषतमा १२.८ मिलियन डलर भुक्तान गरेको छ। जुन अघिल्लो वर्ष १३.२ मिलियन डलर थियो।

    यद्यपि, बार्सा रियलभन्दा बढी भुक्तान गर्ने टोली बन्यो। रियलले २०१९ मा ११.६ मिलियन भुक्तान गरेको छ। सन् २०१८ मा रियलले १०.६४ मिलियन खर्चिएको थियो।  सन् २०१८ मा समेत बार्सा र रियल शीर्ष २ मा नै थिए।

    तेश्रो स्थानमा सिरिए टोली युभेन्टस रहेको छ। अघिल्लो वर्ष ९औँ स्थानमा रहेको टोलीले ६ स्थान सुधार गर्नका लागि औषतमा १०.५४ मिलियन डलर तलब भुक्तान गरेको छ।

    चौथो स्थानदेखि ११ औँ स्थानसम्म बास्केटबलले कब्जा जमाएको छ। नेसनल बास्केटबल एसोसिएनको टोली पोर्टलेन्ड ट्रेल व्लेजरले १० स्थान सुधार गर्दै चौथोमा उक्लिएको छ। उसले १०.०३ मिलियन डलर सन् २०१९ मा तलबको रूपमा भुक्तान गरेको छ। अघिल्लो वर्ष तेश्रो स्थानमा रहेको एनबीए टोली ओक्लोमा सिटी थन्डर सातौँ स्थानमा झरेको छ।

    सबै खेलकुद क्षेत्रलाई समेटिएको सवेक्षणको शीर्ष २० मा ५ वटा फुटबल क्लब समेटिए। जसमा लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी ) र प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी रहेका छन्।

    १२औँ स्थानको पिएसजीले ८.९२ मिलियन डलर र १३ औँ स्थानको सिटीले ८.९२ मिलियन डलर तलब भुक्तान गरेको सवेक्षणमा उल्लेख छ। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड ३३ औ स्थानमा खुम्चिएको छ।

    म्यानयुले खेलाडीका लागि सन् २०१९ मा ७.८८ मिलियन डलर खर्चिएको छ। अघिल्लो वर्ष ८.५९ मिलियन खर्चिदै म्यानु १० औँ स्थानमा थियो।

    सन् २०१७ मा युभेन्टस सवेक्षण तालिकाको ३२औँ स्थानमा थियो। २०१९ मा गत वर्ष क्रिस्टियानो रोनाल्डो, डि लिग्टजस्ता खेलाडीका लागि बढी रकम भुक्तान गरेपछि शीर्ष ३ मा स्थान बनाएको हो।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]