समाज

सार्वजनिक जग्गा खोज्दै स्थानीय सरकार

पुस ८, २०७६

    दमक : झापाको कमल गाउँपालिकाले सार्वजनिक जमिनको खोजी र संरक्षण सुरु गरेको छ। सर्वदलीय समिति नै बनाएर विभिन्न वडागत सार्वजनिक जमिनको खोजी कार्य शुरु भएको हो।

    यस्तो जमिनको पहिचान गर्ने र त्यसको संरक्षणसँगै उपयोगिताका कार्यक्रम ल्याउने गाउँपालिकाको तयारी छ। हाल रतुवा खोला किनारामा रहेको जमिनको अवलोकन गरिएको हो। ती खाली देखिएको सार्वजनिक जग्गालाई उपयोगमा ल्याउन गाउँपालिकाले व्यवस्थित तटबन्धन गरी ग्रिनवेल्ट बनाउने योजना रहेको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन्। यसै क्रममा कमल गाउँपालिका ५ स्थित पाडाजुंगी चोकपश्चिम रतुवा खोलानजिकका बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ।  

    रतुवा खोलाको बहाव पश्चिमतर्फ मोडिएपछि कमल गाउँपालिका तर्फका सार्वजनिक जग्गामा अनाधिकृत रुपमा जग्गा बिक्री गर्ने कार्य हुँदै आएको पाइएपछि त्यसलाई नियन्त्रण गर्न पहल थालिएको कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए। उनका अनुसार रतुवा खोला अन्यत्र मोडिएपछि खाली देखिएको जमीनमा अनाधिकृत रुपमा चलखेल हुन थालेको पाइएकाले त्यस्ता गलत कार्य रोक्न वडासहित स्थानीय दलहरू मिलेर काम थालिएको हो।  

    वडाको पहलमा सर्वदलीय टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको प्रारम्भिक नाँपजाच समेत गरिएको उनले बताए। उनले त्यस क्षेत्रका सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण रोक्न आवश्यक प्रक्रिया अगाडि वढाउने वताएका छन्। रतुवा खोलाको क्षेत्र बाहेकका पूर्वतर्फका सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको अनुगमनमा देखिएको हो। 

    खोलाले छाडेको कमलतर्फ मात्र करिव ६० विघा बढी जमिन भएको अनुमान छ। ती जमिनमा अनाधिकृत रुपमा किनवेच भएको गुनासो आएपछि वडा कार्यालयसहित दलीय टोलीले अनुगमन गरी काम थालिएको जनाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]