काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
काठमाडौं : राजधानीको ठमेल बजार पर्यटकहरूको नगर मानिन्छ। चार दशक अघिदेखि यो ठाउँ पर्यटन उद्योगको केन्द्र बनेको छ। यहाँ नेपाली ब्रान्डका नेपालमै उत्पादित सामानहरू प्रशस्त मात्रामा पाइने गर्छन्।
पर्यटकीय व्यवसायका लागि यस क्षेत्रमा विभिन्न होटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीहरू छन्। पर्यटकहरूका लागि यहाँको रात्रिजीवन एकदमै रमाइलो हुन्छ।
अव्यवस्थित तारहरूले ठमेल बजारको सौन्दर्यतामा कमी ल्याएको टिप्पणी पर्यटकहरूले नै गर्न थालेपछि तारलाई व्यवस्थापन गर्न थालिएको छ। पर्यटन वर्ष २०२० संघारमा आइसकेकोले झुन्डिएका तारहरू हटाएर भए पनि सौन्दर्यता कायम गर्न लागेको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोलले बताए।
ठमेल क्षेत्रको अर्को विशेषता भनेको नेपाली सामग्रीहरूले पनि हो। जुन, नेपालमा नै उत्पादन हुन्छ। पर्यटकहरूले यहाँ उत्पादित सामग्रीहरू विभिन्न देशसम्म पुर्याउने गर्छन्। नेपाल आउने पर्यटनहरुले नेपालको चिनोको रूपमा आफ्नो देशमा लैजाने गर्दछन्।
फोटोहरू शिला तिमिल्सिना :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।