समाज

फोनिजको राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्‍न

पुस ८, २०७६

    काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रियभेला १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। यहि पुस ६ र ७ गते प्रदेश-३ को सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी क्षेत्र खनियाखर्कमा भएको भेला १३ बुँदे ‘नेवा– ताम्सालिङ समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दै सम्पन्न भएको हो।

    घोषणापत्रमा समावेसी संचार नीति, पेशगत हक, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिततालगायत विषय समेटिएका छन्। प्रदेश ३ मा सम्पन्न भेलाले प्रदेश ३ को नामकरण ‘ताम्सालिङ–नेवा’ गरियोस् भनि माग गरेको छ।

    यस्तै, प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’ मा प्रेस स्तन्त्रतामाथि कुनै प्रकारको संकुचन नआउनेगरी आवश्यक व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिललाई समावेशी चरित्रको बनाउनुनर्पे, सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यममा लागु गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ।

    साना लगानीका संचारमाध्यमलाई सरकारका तर्फबाट आर्थिक सहुलीयतको व्यवस्था गर्न तीनै तहका सरकारसमक्ष फोनिजको भेलाले माग गरेको छ। समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पत्रकारको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग माग गरिएको छ।

    यस्तै फोनिजले मातृभाषामा प्रकाशन/प्रशारण हुने सञ्चारमाध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तीकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गर्नुपर्ने र राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठूला तथा साना लगानीका सञ्चारमाध्यमलाई समेत उपलब्ध गराउने कानूनी व्यवस्था गर्न माग गरेको छ।

    आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न माग गरेको फोनिजको भेलाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पुष्टि भएकाले महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न नेपाल पत्रकार महासंघसँग माग गरेको छ।

    प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेल प्रमुख आतिथ्यमा भएको भेलमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, फोनिजका सल्लाहकार, सिन्धुलीका प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकका अध्यक्ष एवं प्रमुख र फोनिजका सातै प्रदेशका प्रतिनिधि सहभागि थिए।

सन्चु ब्लोन तामाङ

पत्रकार तामाङ थाहा सञ्चार नेटवर्कमा आबद्ध छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]