अर्थ

विदेशबाट फर्किएर गाउँमै बाख्रापालन

पुस ८, २०७६

    म्याग्दी : गाउँका साथीहरू धमाधम बैदेशिक रोजगारमा जान थालेपछि बेनी नगरपालिका ३ भकिम्लीका केशव शर्मा निउरेले पनि ऋण खोजेर युएइ गए। आकर्षक तलवको प्रलोभनमा युएइ पुगेका शर्माले कम्पनीको नियमअनुसार काम गर्दा समेत अपेक्षा गरे अनुसार कमाउन सकेनन्।

    उनले साउदी अरव, ओमन र मलेसियामा करिव आधा दशक विताए। विदेशमा राम्रो कमाई हुन्छ भनेर भारतसहित विभिन्न देशमा पुगे पनि कुनै प्रगति नभएपछि पासपोर्ट नै फालेर घरमै पशुपालन र कृषिमा लागेका शर्माले दुई वर्षको अवधिमा गाउँमा नै मनग्गे आम्दानी गरेका छन्।  ‘स्वदेश विदेशको अनुभव मात्रै भयो। घरमा आएपछि गाउँमै आम्दानी गर्न सकिन्छ भन्ने लागेर लगानी गरे’ उनले भने।

    परिवारको सहयोगमा असिम आधुनिक बाख्रापालन फर्म स्थापना गरेका उनीसँग अहिले उन्नत जातका २५ वटा बाखा छन्। बोयर क्रस, जमुनापारी, वित्तल, खरीलगायतका स्थानीय र उन्नत जातका बाख्रा पालन गरेका उनले फर्मको पूर्वाधार निर्माण, माउ बाख्रा खरिदलगायतका क्षेत्रमा २० लाख भन्दा बढी लगानी गरिसकेका छन्।

    बाख्रापालनलाई थप व्यवस्थित र व्यवसायिक बनाउने तयारीमा लागेका निउरेले भविष्यमा आफूले उत्पादन गरेका बाख्रालाई स्थानीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने संकल्प गरेका छन्। उनले करिब १० रोपनी बारीमा व्यवसायिक सुन्तला खेती गर्न समेत थालेका छन्। सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिने भकिम्ली र आसपासका क्षेत्रका कृषकलाई लक्षित गरी नर्सरी समेत स्थापना गरेका छन्।

    सुन्तलाको नर्सरीमा करिव ६० हजार बराबरको सुन्तला उत्पादन हुने गरेको छ। दुई वर्षभित्र सुन्तलाको बार्षिक आम्दानी तीन लाखसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए। कृषक निउरेले कृषि पेसालाई व्यवसायिक बनाउनका लागि सुन्तलासँगै घाँसका विरुवा उत्पादनलाई समेत सँगसँगै अगाडि बढाएका छन्। 

    आफूले पालन गरेका बाख्राको लागि आवश्यक पर्ने घाँस विस्तारसँगै अन्यलाई समेत बिक्रीको लागि जिल्ला भूरक्षण तथा बन कार्यालयसँगको समन्वयमा विभिन्न प्रजातिका घासका विरुवा उत्पादन सुरु गरेको बताए। उनले निकट भविष्यमा बाख्रा पालनका, फलफूल, घाँससँगै टिमुर खेतीलाई समेत प्राथमिकता दिने योजना बनाएका छन्। साथै उनले बैँकले सुलभ दरमा उपलब्ध गराउने कृषि कर्जाको पहुँच पुग्न सकेमा बाख्रापालन र सुन्तला खेतीमा लगानी बढाएर थप व्यवसायिक बनाउने योजना रहेको जानकारी दिए। 

    विदेशबाट गाउँमा फर्किएर धमाधम कृषि र पशुपालन व्यवसाय सुरु गरेपछि परिवारसँगै स्थानीय समेत उत्साहित छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]