अर्थ

मेलौली नगरपालिकाको बजेट ५२ करोड ४१ लाख

नगरपालिकाभित्र अनिवार्य अंग्रेजी माध्यममा आधारभूत शिक्षा

पुस ८, २०७६

    बैतडी : बैतडीको मेलौली नगरपालिकाको पाँचौं नगरसभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजनालाई फेर बदेल गर्दै बजेट पारित गरिएको उपप्रमुख राधा ओझाले बताइन्। उनले भनिन् ‘नगरपालिकाको पाँचौं नगरसभाले चालु खर्चमा व्यापक कटौती गरेर विकास खर्च बढाएको छ। केही कार्यक्रमहरु थप  गरेर बजेट पारित गरेका छौँ।’

    गत असारमा नगरपालिकाले ३७ करोड ६५ लाख ७९ हजारमा सामाजिक सुरक्षा, संघीय अनुदान लगायतका शीर्षक थपेर बजेटको आकार बढाएको नगरप्रमुख कृष्णसिंह नायकले बताए। ‘हामीले नगरपालिकाको आवश्यकताअनुसार बजेटमा थपघट गरेका छौँ। कार्यपालिकाबाट सबै सदस्यहरुबीच छलफल गरेर संशोधित बजेट पारित गरेका छौँ।’

    नगरपालिकाभित्रका भौतिक पूर्वाधारका योजनालाई बिशेष प्राथमिकता दिएर बजेट निर्माण गरिएको प्रमुख प्रशसाकीय अधिकृत धर्मराज न्यौपानेले बताए। उनले भने ‘विकासमूखी बजेट निर्माण गरेर कार्यान्वयनमा लैजान तयारी गरेका छौँ।’

    नगरसभाले नगरपालिकाका लागि गाडी किन्न छुट्याएको बजेट पानी ट्यांकर खरीद गर्ने शीर्षकमा छुट्याएको छ भने बसपार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ।

    यस्तै, पाचौं नगरसभाले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, इलाका प्रहरी कार्यालयलाई (क) श्रेणीमा स्तरोन्नती गर्ने लगायतका सार्वजनिक महत्वका निर्णय पनि पारित गरेको छ।

    नगरपालिकाभित्र अनिवार्य अंग्रेजी माध्यममा आधारभूत शिक्षा 

    नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधारका लागि मेलौली नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा आधारभूत तहमा अनिवार्य अंग्रेजी शिक्षा लागू गर्ने भएको छ। पहिलो चरणमा बालविकास र कक्षा १ मा अनिवार्य अंग्रेजी माध्यमबाट पढाई गर्ने नगरपालिकाले नीति लिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।

    ‘सामुदायिक विद्यालयमा अभिभावकको कम आकर्षण छ। अंग्रेजी माध्यममा पढाई गर्ने हामीले नीतिगत निर्णय गरेका छौँ। यसका लागि बजेट पनि विनियोजन गरेका छौँ’उनले भने ‘सामुदायिक विद्यालयका शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरेका छौँ।’

    नगरप्रमुख कृष्णसिंह नायकको अध्यक्षतामा सम्पन्न भएको पाँचौं नगरसभामा उपप्रमुख राधा ओझाले बजेट प्रस्तुत गरेकी थिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]