काठमाडौं : कोपा अमेरिकाको समूह विभाजन गरिएको छ। यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल ...
धनकुटा : धनकुटामा प्रदेश १ कै ठूलो राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा आउँदो पुस १२ गतेबाट धनकुटाको तल्लो टुँडिखेलमा शहिद रिदामाहाङ-रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप प्रतियोगिता हुने भएको हो।
किरात आठपहरिया समाज नेपाल धनकुटाले मंगलबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा प्रथम हुनेले नगद दुई लाख कप, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले नगद एकलाख कप, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। यो पुरस्कार महिला गोल्डकपमा प्रदेश एक ठूलो राशीको भएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए।
प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता हुने भएको छ। प्रतियोगितामा विभागीय टिमहरू सशस्त्र प्रहरी बल काठमाडौं, नेपाल आर्मी क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौंसहित रौतहट फुटबल क्लब, बसाहा राइजिङ युथ क्लब उदयपुर, बराहा क्षेत्र फुटबल क्लब चतरा सुनसरी, मोरङ फुटबल क्लब मोरङ र आयोजक धनकुटाको सहभागिता रहने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट राइजिङ प्लेयर, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकर्तालाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा २० लाख बराबरको खर्च हुने आयोजकको अनुमान छ।
धनकुटामा पहिलो पटक आयोजनामा प्रदेश १ कै ठूलो धनराशीको महिला गोल्डकप प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष राईले बताए। धनकुटा नगरपालिका क्षेत्रमा मात्रै बसोबास रहेको आठपहरिया जातिको आफ्नो छुट्टै धर्म, भाषा, संस्कार, चाडपर्व, भेषभुषा रहनसहन र रीतिरिवाज रहेको छ।
सन् १८६७ सालमा राणाले दशैं मान्न उर्दी गर्दा आफ्नै संस्कार छ भन्दा रिदामाहाङ र रामालिहाङ आठपहरियालाई झुण्ड्याएर हत्या गरिएको इतिहास रहेको छ।उनीहरूलाई प्रथम सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने आठपहरिया समुदायको माग छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।