धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन्।
विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। मन्त्री बस्कोटाले तथ्य र प्रमाणबिना समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताए। तथ्यबिना लेखिएका समाचारमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनले बताए। पीडित पक्षले पनि स्पष्टीकरण दिने ठाउँसमेत नदिने र पुष्टि नभएका समाचार लेख्नेलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताए।
विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको मन्त्री बाँस्कोटाले दावी छ। ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ। नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन’, मन्त्री बाँस्कोटाले भने, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेको त्रास मात्रै हो। त्यो व्यक्तिगत रूपमा प्रकट हुने कुरा हो।’
मन्त्री बाँस्कोटाले अरूको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने बताए। ७ लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरू बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले बताए। प्रेस काउन्सिलले गरेको वर्गीकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उनले बताए।
विधेयकमा व्यवस्था गरिएको सजायका विषयमा मन्त्री बाँस्कोटाले अदालतको न्याय प्रणाली ढिला भएकाले प्रारम्भिक चरणका मुद्दा काउन्सिलबाट नै समाधान गरिनुपर्ने मत राखेका छन्। ‘कहिले पेशी भनेको छ कहिले के भनेको छ। जेरीजस्तो घुमेको छ घुमेको छ। मान्छेको प्राण सकिएपछि आएको फैसलाले के हुन्छ? त्यसैले प्रारम्भिक चरणमा केही कुरा काउन्सिलमा जानुपर्छ’ उनले भने।
काउन्सिलका पदाधिकारी नियुक्ति र संख्याको विषयमा छलफल गर्न सकिने भन्दै बाँस्कोटाले समिति पारदर्शी र राम्रो बन्नेमा शंका नगर्न आग्रह गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।