समाज

महानगरभित्रका विकास निर्माणको अनुगमन गर्दै प्रमुख शाक्य

पुस ८, २०७६

    काठमाडौं : काठमाडौं  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन्।  प्रमुख शाक्यले मंगलबार वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन्। यसअघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरिसकेका छन्।

    शाक्यले आफू निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए। ‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो। कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ। यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ।’ उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डाक्टर उत्तरकुमार रेग्मी र वडाका सरोकारवालासहित अनुगमनका क्रममा प्रमुख शाक्यसँग स्थानीयले विभिन्न प्रकारका गुनासा गरेका थिए भने शाक्य आफैँ नै विकास निर्माणको कामवारे जानकारी लिएका थिए। 

    शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो।

    लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै प्रमुख शाक्यसँग गुनासो गरेका थिए। केहीले घर अगाडि नै बिजुलीका तार अलपत्र पारेको, निर्माण कार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोश व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]