राजनीति

राप्रपा (संयुक्त) चुनौति चिर्न स्पष्ट नीतिसहित भुइँ तहमा जानुपर्ने

पुस ८, २०७६

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताले पार्टीसामुन्ने देखिएको चुनौतिलाई चिर्न स्पष्ट नीति र कार्यक्रम लिएर भुइँ तहसम्म जानुपर्ने बताएका छन्।

    राप्रपा (संयुक्त) कठिन परीक्षाको घडीमा रहेको स्वीकार गर्दै मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताले सच्चिएर जाने हो भने अहिले पनि नेपाली जनताले राष्ट्रवादी शक्तिलाई स्वागत गर्ने विश्वास व्यक्त गरे।

    ‘हाम्रो बटमलाइन भनेको संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र हो। यसैलाई स्पष्ट रुपमा जनतामाझ लिएर जानु पर्दछ। बेथितिलाई चिर्न सके लुटतन्त्रबाट आक्रान्त जनताले राष्ट्रवादी शक्तिलाई साथ दिनेछन्,’ राप्रपा (संयुक्त) का उच्च कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठले भने।

    उच्च कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीले धर्महरूको धर्म हिन्दु धर्मको मान्यता बोकेर हिँड्ने पार्टी जनताको भरोसाबाट चुकेको बताए। उनले विश्वसनीयता कायम गर्नु नै अहिलेको मूल चुनौति रहेको बताए।

    राप्रपा (संयुक्त) सम्बद्ध पाँचथर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा पाँचथर जिल्ला समिति सदस्य स्वर्गीय जीतबहादुर अगुवाको सम्मानमा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै पार्टीका नेताले यस्तो धारणा व्यक्त गरेका हुन्।

    ‘हामी कहाँ चुक्यौं, विश्लेषण गरेर सच्चिन जरुरी छ। सच्चिन सकिएन भने हाम्रो अगाडिको बाटो कठिन छ,’ उच्च कार्यसम्पादन समिति सदस्य श्याम तिमिल्सिनाले भने ‘हामी सच्चिन सके मात्र जीतबहादुर अगुवा जस्ता होनहार कार्यकर्ताको चाहना बमोजिम राष्ट्रिय राजनीतिमा पार्टी स्थापित हुनेछ।’

    पार्टीभित्र पूनर्ताजगी र नयाँ ऊर्जा सिर्जना गर्दै नयाँ पुस्तालाई साथ लिएर जानु पर्नेमा प्रवक्ता सगुन सुन्दर लावतीले जोड दिए।‘नयाँ नेपालमा शान्ति, समृद्धि, सामाजिक न्याय, समावेशिता नभएर संस्थागत भ्रष्टाचार, लुट र करको भारले जनतालाई थिचेको छ। देश उलटपुलट छ, कतिखेर विष्पोट हुन्छ भन्न सकिन्न। त्यसैले जनताले चाहेको विकल्प दिन हामी स्पष्ट भएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]