समाज

दुई हजार घुससहित अदालतका दुई नायव सुब्बा पक्राउ

पुस ८, २०७६

    रुपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना नायव सुब्बालाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको सम्पर्क कार्यालय बुटवलको टोलीले जिल्ला अदालत रुपन्देहीका दुईजना नायव सुब्बालाई उक्त घुससहित पक्राउ गरेको हो।

    मुद्दाको धरौटी रकम फिर्ता गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नासुद्वय विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

    उनीहरुले सिद्धार्थनगर नगरपालिका-७ स्थित एक खाजा घरमा बसेर घुस लिइरहेका थिए। घुससहित समातिएका दुवैलाई अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान थालेको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]