समाज

प्राधिकरणका सिइओ ज्ञवालीद्वारा धरहरा अनुगमन, ३३ प्रतिशत भौतिक प्रगति

पुस ८, २०७६

    काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिएका छन्।

    अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइरहेको बताए। उनले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताए। अहिले चौथो तलाको काम भइराखेको समेत उनले बताए।

    उनले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइरहेको बताए। उनले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत बताए।

    अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रूपमा ३३ प्रतिशत र वित्तीय रूपमा २२ प्रतिशत काम सम्पन्न भएको बताए। उनले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताए। उनले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्ने गरी काम भइराखेको जानकारी दिए।

    तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो। २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ।

    ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ। धरहरामा बगैँचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थलसमेत रहनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]