समाज

हुम्लाका २० सरकारी कार्यालय प्रमुखविहीन

पुस ८, २०७६

    हुम्ला : जिल्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। 

    चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन्। जिल्लाको नियमनकारी निकायको प्रमुख मानिने जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेको छ।

    दैनिकजसो नागरिकता, भिसा बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड हुने भएता पनि प्रमुख जिल्ला अधिकारी नहुँदा समस्या भएको छ। मंसिर अन्तिम सातामा भारी हिमपात भएपछि चिसो बढ्दै गएपछि सरकारी कार्यालयहरूका प्रमुख जिल्ला बाहिर जान थालेपछि सेवा प्रभावित भएको छ। 

    प्रमुखविहीन सरकारी कार्यालयमा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिँचाइ सवडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, भेटेरिनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय रहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।

    उनका अनुसार नेपाल खाद्य संस्थान, सरकारी वकिल, अनुसन्धान, जिल्ला अस्पताल, डिभिजन वन, स्याउजोन, हिल्दुम वितरण केन्द्र, जिल्ला समन्वय समिति, सिमको हिल्सा सडक आयोजना, कृषि विकास बैंक, सिँचाइ, नयाँ भैरवी दल गुल्म, भौतिक पूर्वाधार, शिक्षा तथा समन्वय एकाइ समिति, आलु बाली विकासका प्रमुख समेत चिसो छल्दै जिल्ला बाहिर गएका छन्। 

    कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भएको साथै यसले सेवा प्रवाहमा समस्या परेकोसमेत सहायक प्रजिअ हमालले बताए। हिमाली जिल्लाका कर्मचारी हिउँद लागेसँगै चिसो छल्न जिल्ला छोड्ने गर्दछन्। 

    जिल्लामा चिसो बढेसँगै यस जिल्लाका सरकारी कार्यालय सुनसान देखिन्छन्। जिल्ला कृषि विकास कार्यालयमा १३ जनाको दरबन्दीमध्ये हाल पाँचजना कर्मचारीको दरबन्दी रहेता पनि कार्यालय प्रमुख नै जिल्ला बाहिर रहेका छन्। केन्द्र सरकारले दुर्गम जिल्लामा सरकारी कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नपठाउँदा काम कामकाजमा समेत समस्या हुने कृषि विकास कार्यालयका निमित्त गगन रावलले बताए।

    दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक काममा समेत समस्या हुने गरेको छ। तेह्र जनाको दरबन्दी रहेको कृषि विकास कार्यालयमा कार्यालय प्रमुख, लेखापाल, आफूसहित दुई जना कार्यालय सहयोगीमात्रै रहेको उनले बताए। जिल्लाका सरकारी कार्यालय प्रमुख जिल्ला बाहिर गोष्ठी, तालिमलगायतको निउँमा जिल्ला बाहिर जाने हुँदा यहाँका स्थानीयलाई सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ।

    जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयमा दैनिकजसो पशुपालक कृषक औषधि र विभिन्न कामले आउने गरे पनि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले रित्तो हात फर्कनुपर्ने बाध्यता छ।

    गाउँबाट सेवाग्राही सेवा लिन आएता पनि प्रमुख नहुँदा फिर्ता पठाउने गरेको तल्लो तहका कर्मचारीको भनाइ रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]