काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : सांसदले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन्।
संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइनुपर्ने बताएका हुन्।
सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरूलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताएकी हुन्। सांसद पम्फा भुसालले विधेयकमा सरकारले स्पष्टीकरण लिन सक्ने, बढुवा रोक्ने र निलम्बनसम्म गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताए।
सांसदले परराष्ट्र सेवामा रहेका कर्मचारी राजदूत बनेर जाँदा ठाउँ खाली हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा त्यससम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिव राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।
त्यस्तै, सांसदले तल्लो तहमा रहेका कर्मचारीलाई करारमा लिने व्यवस्था हटाइनुपर्ने बताएका छन्। उनीहरूले ठूलो पदमा रहनेले राज्यको सबै सेवा सुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनै पनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताएका हुन्।
सांसदहरूले लोकसेवामार्फत नै कर्मचारी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पूरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताए। उनले मुख्य काम (कोर फङ्सन) र अन्य काम छुट्याउन सकिने बताए।
समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफामाथि छलफल भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।