समाज

तमु ल्होसारमा बिदा नदिएकोमा आपत्ति

पुस ८, २०७६

    काठमाडौं : तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै तमू समुदायले आपत्ति जनाएको छ। तमु ल्होसार च्यु (मुसा वर्ग) २०७६ को तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो समुदायको विशेष चाडका समयमा सरकारले बिदा नदिएको भन्दै आपत्ति जनाएका हुन्।

    तमु ल्होसार मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले दशैं तिहारको बिचमा सार्वजनिक बिदा नभए पनि शैक्षिक संस्था बन्द हुने तर आफ्नो समुदायका सबैभन्दा ठूलो चाडमा बिदाको सट्टा परीक्षा नै सञ्चालन गर्ने प्रवृतिले गणतन्त्र र समानता खोसिएको अनुभूति हुने गरेको बताए।

    सरकारले दिएको १५ दिनको सार्वजनिक बिदामा १२ दिन एउटै समुदायका पर्वमा मात्रै बिदा दिएको अन्य समुदायको मुख्य पर्वमा दिइने बिदासमेत कटौती गरिएको भन्दै आपत्ति जनाइएको छ। तमु ल्होसार २०७६ का अवसरमा पौष १३, १४ र १५ गते खुला लोकदोहोरी कार्यक्रम हुने सम्मेलनमार्फत जानकारी दिइएको छ। त्यसैगरि, पौष १४ गते खेलकुद र १५ गते तीन बजेबाट नृत्य प्रतियोगिता हुने आयोजक संस्थाका महासचिव लोकबहादुर गुरुङले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]