समाज

एक सातापछि उठ्यो बेनी नगरपालिकाको फोहोर

पुस ८, २०७६

    म्याग्दी : तलब सुविधाको माग गर्दै आन्दोलित भएका मजदुरले तलब पाएपछि बेनी नगरपालिकाको फोहोर एकसाता पछि उठेको छ।

    बेनी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा दिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले फोहोर उठाउने कर्मचारीलाई तलब नदिएपछि विगत एक सातादेखि नगरपालिकाको फोहोर उठ्न सकेको थिएन।

    फोहोर संकलनमा कार्यरत मनकुमारी परियार, जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकिले एक महिनाको पारिश्रमिक पाउन सकेका थिएनन्।

    फोहोर संकलन सहयोगी परियार र दमाईले मासिक १९ हजार र चालक बुढाथोकिले २५ हजार रुपैयाँ तलब पाउने गरि काम गर्दै आएका थिए। पटक पटक तलब माग गर्दासमेत नगरपालिका र फोहोर संकलन गर्दै आएको प्रालिबाट उपलब्ध नभएपछि आफूहरूले सवारी साधनको चाबि नै नियन्त्रणमा लिएर फोहोर संकलन कार्यलाई अवरुद्ध बनाएको र तलब पाएपछि फोहोर उठाउन थालेको फोहोर संकलन सहयोगी जुना दमाईले बताइन्।

    बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मजदुरलाई नगरपालिकाले अन्याय नगरेको बताए। उनले ठेकेदार कम्पनिले तलब नदिँदा नगरपालिकाले नै नदिएजस्तो गरी अनावश्यक प्रचारप्रसार गरिएको बताउँदै फोहोरमैलामा अनावश्यक प्रचारवाजी नगर्नसमेत आग्रह गरे।

    कुहिने, नकुहिने र अस्पतालजन्य गरी फोहोरलाई तीन खण्डमा वर्गीकरण गरेर नगरको फोहोर संकलन भइरहेको उनले बताए। बेनी बजारमा दैनिक औद्योगिक ३ मेट्रिक टन, स्वास्थ्य निकायबाट २ मेटन र घर तथा पसलबाट ५ मेटन गरी दैनिक १० मेटन फोहोर निस्कन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]