समाज : सुरक्षा/अपराध

झगडा मिलाउन गएका प्रहरीकै बाइक चोरी

पुस ८, २०७६

    इनरुवा : सुनसरीस्थित भोक्राहा प्रहरी चौकीकै मोटरसाइकल चोरी भएको छ।  सोमबार राति भोक्राह नर्सिङ सडकखण्डमा गस्ती गर्ने क्रममा निलो रंगको अपाची बाइक चोरी भएको हो।

    भोक्राहा प्रहरी चौकीको बा. २ ब ५६३९ नम्बरको बाइक राति ११ बजे महेन्द्र राजमार्ग अन्तर्गतको चिरौली चोकबाट हराएको हो। राति ११ बजेको समयमा भोक्राहमा स्थानीयको झगडा मिलाउन चढेर गएको बाइक चोरी भएको हो।

    बाइकमा असई मोहन कार्कीसहित एकजना सिपाही सडकनजिकै बाइक राखेर झगडा मिलाउन लागेका थिए। तरपछि फर्केर आउँदा बाइक राखेको ठाँउमा नभेटिएको बताइएको छ।

    रातिको समयमा बाक्लो हुस्से लागेकाले समेत मोटरसाइकल खोजी गर्न समस्या परेको भोक्राहा प्रहरीको भनाई छ। मोटरसाइकल हराएको विषयमा खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]