काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे।
त्यस अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले बिदाइ भेट गरे। भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिक साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरे। दुवै भेटमा राजदूत पुरीका साथ उनकी श्रीमती पनि थिइन्। सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए।
सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी २०२० मा स्वदेश फर्कदै छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।