अर्थ

बाढीपहिरोका कारण निर्माणाधिन आयोजना प्रभावित

असार २४, २०७३
    • रमेश लम्साल/ज्ञानेन्द्र न्यौपाने

काठमाडौं : मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन्। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ। सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन्। रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ। 

यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ। सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण सामग्री आयातमा अवरोध भएको बताए। ‘सुरुङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौँ’, उनले भने।

सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो। सान्जेनको करिब ५० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ। यस्तै एकहजार ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ। 

पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ। रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल चीनको व्यापारिक नाकाको बीच भागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानो भार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ। 

दिनानु दिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ। डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भए पनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउने क्रम रोकिएको छैन। 

दैनिक सरदर एक करोडभन्दा रुपैयाँ बढी राजस्व सङ्कलन हुने सडकको उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याउन असहज भइरहेको छ। सवारी चालक दैनिक हैरानी खेप्न बाध्य छन्। कतिपय सवारी साधन पहिरोको बीच भागमा बिग्रिएर बाटोमै थन्किएका छन्। समस्यालाई गम्भीरतापूर्वक लिई यातायात नियमित गराउन रसुवावासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 

काठमाडौंबाट छुटेका सवारी साधन मूलखर्क क्षेत्रमा थिक्निु पर्छ भने कतिपय सवारी साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ। कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ। मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मतसम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ। 

सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए। यस्तै रसुवाको लिङलिङको भीरमा ढुड्गा झर्ने क्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ। रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। केरुङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो। 

यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताउनुभयो। नारायणगढ, मुग्लिन सडकखण्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नकिएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]