काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : नेकपा एमालेले गठन गरेका ३१ विभागमध्ये १९ विभागमा सचिव छानिएका छन्। १२ विभागको सचिव छनौट गर्न अझै बाँकी छ।
अर्थ तथा योजना विभागको सचिवमा डा.गोविन्दबहादुर थापा, उद्योग तथा वाणिज्य विभागको सचिवमा श्रीचन्द्र शर्मा, कृषि तथा भूमिसुधार विभागको सचिवमा लक्ष्मण लम्साल, निर्वाचन विभागको सचिवमा बाबुराम दाहाल, प्रचार विभाग सचिवमा विष्णु रिजाल, पार्टी स्कुल विभाग सचिवमा ईश्वरी रिजाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग सचिवमा मोहन गौतम, युवा तथा खेलकुद विभाग सचिवमा दामोदर अर्याल, राजकीय मामिला विभाग सचिवमा केदार सञ्जेल चयन भएका छन्।
यसैगरी राष्ट्रिय हित सुरक्षा प्रवर्द्धन विभाग सचिवमा सोभियत ढकाल, विज्ञान तथा प्रविधि विभाग सचिवमा रोमकान्त पाण्डे, वैदेशिक मामिला विभाग सचिवमा यादवचन्द्र शर्मा, संगठन विभाग सचिवमा ज्ञानबहादुर भुजेल, सहकारी तथा गरिबी निवारण विभाग सचिवमा के.वी. उप्रेती, श्रम तथा रोजगार विभाग सचिवमा निरज अर्याल, संघीय मामिला विभाग सचिवमा शिवकुमार गुरुङ, संसदीय विभाग सचिवमा अनन्त पौडेल, संस्कृति विभाग सचिवमा प्रा.केशव सुवेदी, सामान्य प्रशासन विभाग सचिवमा धनकुमारी सुनार चयन भएको प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए।
थापाका अनुसार स्वास्थ्य तथा जनसंख्या विभाग, स्थानीय विकास विभाग, सामाजिक सेवा विभाग, सहरी विकास विभाग, शिक्षा तथा मानवश्रोत विभाग, वन तथा वातावरण विभाग, पुस्तकालय तथा अभिलेख विभाग, पर्यटन प्रवर्द्धन विभाग, न्याय तथा कानुन विभाग, जलस्रोत तथा उर्जा विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, आर्थिक विभागको सचिव छनौट हुन बाँकी रहेका छन्।
सचिव छनौट गर्दा अधिकांश विभागमा सर्वसम्मत रुपमा छनौट भएको छ भने केही विभागको आन्तरिक रुपमा निर्वाचन समेत भएका छन्। गएको चैत्र २३ गते पार्टी स्थायि कमिटीले संयोजक र सदस्यहरुको टुंगो लगाएको थियो भने वैशाख ३ गते सम्पन्न छैठौं बैठकले अनुमोदन गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।